समाचार

बहराईनमा कोरोना संक्रमीत नेपालीको संख्या १ सय २६ः एकैदिन ७७ संक्रमीत

१७ बैशाख काठमाडौं । बहराईनमा कोरोना संक्रमीत नेपालीको संख्या १ सय २६ पुगेको छ । रोजगारीका लागि बहराईनमा रहेका नेपालीमा कोरोनाको संक्रमण बढिरहेको छ ।

त्यहाँ एकैदिन ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन ७७ जना नयाँ कोरोना संक्रमीत भेटिएसंगै बहराईनमा संक्रमीत नेपालीको संख्या १ सय २६ पुगेको हो ।

बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको जनाएको छ।

योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा समान्य अवस्थामा उपचार भैरहेको दूतावासले जनाएको छ ।

बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।