पु.समाचार

गुरुङ चिन्तितः औषधि किन्न जाने सर्बसाधारण/डाक्टरलाई लाठी हान्ने प्रहरी, अपहरणकारीलाई सलाम गर्छ

१७ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले औषधि किन्न जाने सर्बसाधारण र उपचार गर्ने डाक्टरलाई लाठी हान्ने प्रहरीले अपहरणकारीलाई सलाम गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले लकडाउन उल्लङ्घन गरेको भन्दै औंषधी किन्न जाने सर्बसाधरण र विरामीको उपचारमा अहोरात्र खट्ने डाक्टरलाई लाठी ठोक्ने तर त्यही लकडाउन तोडेर साँसदलाई अपहरण शैलीमा मधेशदेखि काठमाण्डौं पुर्याउने र बयलगाडामा चढेर जुलुस निकाल्नेहरुलाई सलाम ठोक्ने तन्त्र बयलगाडातन्त्र हो भन्दै टिप्पणी गरेका छन् ।

नेता गुरुङले मंगलबार जनता समाजबादीका नेता डा बाबुराम भट्टराईको बिरुद्धमा निकालिएको नेकपा भातृसंस्थाको काठमाडौंको जुलुस र नेकपा संसदद्वय महेश बस्नेत, किशान श्रेष्ठ अनि पूर्व आईजीपी सर्वेन्द्र खनालको काण्डलाई जोडेर असन्तुष्टी पोखेको देखिन्छ । नेता गुरुङको असन्तुष्टी प्रहरी र गृहप्रशासनसँग देखिएको छ।

उनको ट्वीटः लकडाउन उल्लङ्घन गरेको भन्दै औंषधी किन्न जाने सर्बसाधरण र विरामीको उपचारमा अहोरात्र खट्ने डाक्टरलाई लाठी ठोक्ने तर त्यही लकडाउन तोडेर साँसदलाई अपहरण शैलीमा मधेशदेखि काठमाण्डौं पुर्याउने र बयलगाडामा चढेर जुलुस निकाल्नेहरुलाई सलाम ठोक्ने तन्त्र हो,”बयलगाडातन्त्र” !