आर्थिक

कोरेना संक्रमणः काँग्रेस बैठकमा दिएका अर्थविद डा शंकर शर्माका यस्ता छन् महत्वपूर्ण सुझाव

१८ बैसाख, काठमाडौं । अर्थबिद डा शंकर शर्माले कोभिड १९ ले पारेको प्रभावलाई हेरेर कम गर्न तीन तरिकाले बजेट बिनियोजन गर्नुपर्ने बताएका छन्।

अमेरिकाका लागि नेपालका पूर्ब राजदूत समेत रहेका डा शर्माले कोरोना संक्रमण रोक्न सबैभन्दा पहिले आफैंले आफैंलाई यसको प्रभाव कहिलेसम्म रहन्छ र कति दुःख दिन्छ भन्ने कुरालाई अध्ययन गरी योजना बनाउनुपर्ने बताएका छन् । उनले ४४ लाख मानिस अनौपचारिक क्षेत्रमा काम गर्ने जानकारी दिंदै त्यसमध्ये १५ लाख कृषिमा रहेकोले त्यसैलाई हेरेर राहत बितरण र बर्तमान समस्याको समाधारको बाटो खोज्नुपर्ने बताएका छन् । उनले दाल चामल तेल चिनी लगायतका राहत सामाग्री उनहरुको समस्या पहिचान गरेर बाँढ्नुपर्ने भन्दै यसमा जम्मा महिनाको सात अर्बमात्र खर्च हुने जानकारी दिए ।

डा शर्माले दोस्रो उपायको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम नै सबैभन्दा महत्वपूर्ण भएको बिचार राखेका छन् । प्रधानमन्त्री राहत कोषमा बिश्व बैंकले पनि सहयोग गरेको अवस्था भएकोले १२ अर्ब खर्च गर्दा दुई लाख परिवारलाई राहत हुने र समस्या समाधानका लागि सहज हुने तर्क प्रश्तुत गरेका छन् । उनले बिदेशबाट आउनेलाई तालीम दिने ब्यवस्था गर्न जरुरी रहेको भनेका छन्, उनको बिचारमा उनीहरुलाई तालीम दिएपछि स्वरोजगार बन्न सक्ने सम्भावना मात्र होईन उनीहरु अरु केहीलाई रोजगार दिन सक्ने सम्म हुन सक्छन् ।

तेस्रो सरकारले धेरै ऋण लिन नसक्ने हुँदा बजेट बनाउने बेलामा धेरै कार्यक्रम नराख्नु उपयुक्त उने उनले बताएका छन्, खर्च सानै भएर फरक नपर्ने उनको बिश्लेशषण छ । अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने, त्यसका कृषि क्षेत्र वा साना उद्योगीलाई भेशिनरी, मल, बीउ, ब्याजमा छुट आदि सहयोग उनले भनेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार पार्टी कार्यालयमा पदाधिकारी, प्रभावशाली नेताहरुसंग अर्थबिदहरुसंग गरिएको छलफलमा सुझाव दिँदै डा शर्माले सरकारले प्राथमिकताका आधारमा काम गर्नुपर्ने बताएका छन् । उनलेसरकारले अन्य कुरामा भन्दा पुर्बाधार, ईनर्जी लगायतमा स्वस्थय सुरक्षासहित काम गर्न सक्ने हुँदा त्यता तिर ध्यान दिनुपर्ने बताएका छन् । कार्यक्रममा पार्टीका सिनियर नेताहरु तथा मुलुकको अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य योगदान गरेका अर्थविदहरुको उपस्थिति थियो ।