राजनीति

बिश्वमा निर्बाचितकै कोखबाट भस्मासुरको जन्म भएको छ, काँग्रेस सचेत छः नेता केसि

१७ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिंह केसिले विश्वमा निर्बाचित सम्सदकै कोखबाट लोकतन्त्र बिरोधि भस्मासुरहरुको जन्म भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वी मार्फत नेता केसिले डुमा होस वा बुन्डेस्ट्याग विघटन लेनिन र हिटलरले नै गरेको भन्दै यस्तो बताएका छन् ।

नेता केसिले लोकतन्त्रको पहिरनमा गरिएको निरंकुशता बिरुद्ध बुलन्द आवाज र कोरोना महामारी बिरुद्धको संयुक्त युद्ध आजको हाम्रो साझा दायित्व भएको पनि बताएका छन् ।

उनले अहिले को यो विषम परिस्थीतीमा अस्थीरता र तीब्र ध्रुवीकरण नभई सबै एक जुट भई कोरोना महामारी संग युद्ध लड्नुपर्नेमा जोड दिएका छन् ।

 

नेता केसिको ट्वीटः निर्बाचित सम्सदकै कोखबाट लोकतन्त्र बिरोधि भस्मासुरहरुको जन्म भएकोछ । डुमा होस वा बुन्डेस्ट्याग विघटन लेनिन र हिटलरलेनै गरे ।लोकतन्त्रको पहिरनमा गरिएको निरंकुशता बिरुद्ध बुलन्द आवाज र कोरोना महामारी बिरुद्धको संयुक्त युद्ध आजको हाम्रो साझा दायित्वहो । अस्थीरता र तीब्र ध्रुवीकरण होइन ।