राजनीति

काँग्रेसको दाबीः ज्येष्ठ र जिम्मेवार राजनैतिक दलका रूपमा एकताबद्ध भई अग्रसर हुन्छौं

१७ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारी, पूर्व अर्थ मन्त्रीहरु एवं अर्थशास्त्रीहरु बीच छलफल कार्यक्रम राखेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत तथा नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, उदयशम्शेर राणा रहेका थिए भन अर्थशास्त्रीहरु तिरबाट डा पृथ्वीराज लिगल, डा शंकर शर्मा, डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल, डा स्वर्णीम वाग्ले, डा अच्युत वाग्ले, डा पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा विश्व पौडेल, राजु नेपाल लगायत रहेका काँग्रेसले जनाएको छ ।

मुल रूपमा दुई विषयमा छलफल केन्द्रित भएको उक्त कार्यक्रममा पहिलो लक डाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी ब्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्न जरुरी कदमका बारेमा कुराकानी भएके थियो भने अर्कोतर्फ कोरोनाको विश्वब्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीतिका बिषयम रणनीतिक छलफल भएको थियो ।

काँग्रेसले छलफल अत्यन्तै गम्भीर र गहिरो सँग सम्पन्न भएको र यसमा ज्येष्ठ र जिम्मेवार राजनैतिक दलका रूपमा नेपाली कांग्रेस कोरोना सृजित वर्तमान, भविष्यको संकट सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले अग्रसर छ र रहनेछ भन्ने दृढता ब्यक्त गरेको थियो ।