बाग्मती

विपन्न वर्गका परिवारलाई नियमित रूपमा साँझको निःशुल्क भोजन

१७ बैसाख, काठमाडौं । कोभिड–१९ को ३४ औं दिनको लकडाउनका बीचमा हिजो कामपा वडा नं. ९, प्रयागमार्ग स्थित प्रयाग घाटमा स्थानीय युवाहरूको सक्रियतामा आर्थिक दृष्टिले विपन्न वर्ग र असहायहरूलाई नियमित रूपमा साँझको भोजन वितरण गरिंदै आएको कार्यक्रमको हिजो श्रृंखलामा नेपाली काँग्रेसका नेता लोकेश ढकालले अतिथिको रूपमा उपस्थित भएर भोजन वितरण गरे । कार्यक्रममा ढकाललाई बाग्मती प्रदेशका प्रदेश सभा सांसद राजेन्द्र गुरूंगले साथ दिएका थिए ।

कामपा वडा नं ९ का तीन वटा स्थानीय क्लबहरू शुभारम्भ युवा क्लब, आह्वान युवा क्लब र बिजयचोक युवा क्लब त्यसै गरी कामपा वडा न. ३१ को किंगकम स्पोर्ट क्लबको संयुक्त आयोजनामा चैत्र १६ गते देखि विपन्न वर्गका परिवारलाई नियमित रूपमा साँझको निःशुल्क भोजनको व्यवस्था गरिंदै आएका छन् । यो निःशुल्क भोजन कार्यक्रमको संयोजन स्थानीय युवा समाजसेवी गुणराज प्याकुरेलले गर्दै आएका छन् ।

भोजन कार्यक्रमलाई स्वामी सदानन्द प्रणामी च्यारिटेवल ट्रस्ट, काव्य स्कूल, नेपाल जर्मन चेम्वर्स अफ कमर्स, नेपाली जनसम्पर्क समिति, जर्मन, लगायत अन्य व्यक्तिगत सहयोग समेत नियमित जुटिरहेको कुरा कार्यक्रम संयोजक गुणराज प्याकुरेलले हाम्रा संवाददातालाई वताए । प्याकुरेलका अनुसार कार्यक्रमको प्रारम्भिक दिनमा खर्च जुटाउन मुस्किल परे तापनि अहिले दाताहरूको कमी नभएको वताए ।

लकडाउन शुरू भएको छैठौं दिन चैत्र १६ गतेबाट भोजन वितरण गरिएको थियो । पहिलो दिन ९२ जनालाई भोजन खुलवाए शुरू भएको कार्यक्रममा क्रमिक रूपमा सेवाग्राही बढ्दै गएर हाल दैनिक (४००)चार सय भन्दा बढि व्यक्तिले निःशुल्क भोजनको सेवा लिइरहेका छन् । दाताहरूको सहयोगमा लकडाउन अवधिभर निशुल्क भोजन कार्यक्रम संचालन हुने कुरा कार्यक्रम आयोजकहरूले हामीलाई वताएका छन् ।

नित्य साँझ प्रयागघाटको आश्रममा युवाहरू भेला आँफै शुद्ध र स्वादिष्ट भेजिटेवस विरियानी तयार गरी प्याकेटमा प्याक गरेर कोभिड –१९ को खतरालाई ध्यानमा राखेर विध्यालयको प्रांगणमा डिस्ट्याण्ट मेण्टन गरेर व्यवस्थित रूपमा वितरणको व्यवस्था गरिएको देखिएको छ । युवाहरूको यो परोपकारी कार्यको स्थानीय स्तरमा निकै प्रशंसा हुनुको साथै सहयोग पनि जुटिरहेको वुझिएको छ ।