सामाजिक सञ्जाल

रेडियो नेपालमा बालुवाटारको हस्तक्षेपमा रवीन्द्रको टिप्पणीः ओली दरवारको भय बढ्दो छ

१६ बैसाख, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ओली दरकारको भय दिन प्रतिदिन बढ्दो भएको बताएका छन् । उनले ट्वीट गर्दै रेडियो नेपालमा डा नवराज लम्शालले पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको बिषयलाई लिएर निकानलिएको सुरेश कुमार कार्कीका बिज्ञप्तीलाई संकेत गर्दै संयोजक मिश्रले कडा प्रतिकृया दिएका छन् ।

बिश्वको ठूलो मिडिया बीबीसीमा सम्पादकका रुपमा काम गरिसकेका पत्रकारिताका बिशेषज्ञ समेत रहेका उनले, ‘अन्तर्वार्ता हटाउने होइन। प्रकाशित गर्दा अशिष्ट शब्द सम्पादन गर्नुपर्छ’ भनेका छन् । संयोजक मिश्रले, ’लाइभ प्रसारणमा ‘अपाच्य लान्छना’ लगाए प्रस्तोताले तु. प्रतिप्रश्न गर्नु पर्छ। ‘अशिष्ट’ शब्द प्रयोग भए अन्तर्वार्ता दिने व्यक्तिलाई तु. सावधान गराउनु पर्छ र आवश्यक परे क्षमा माग्नु पर्छ।’ तर यसलाई लिएर अतिथीमाथी नै प्रश्न गर्न मिल्दैन भनेका छन् ।

रेडियो नेपालमा बालुवाटारको हस्तक्षेपको बिबादमा रवीन्द्रले उक्त टिप्पणी गरेका हुन् । समाजबादी पार्टीका केन्द्रीय सदस्य एबम् सांसद सुरेन्द्र यादबलाईं नेकपा साँसद महेश बस्नेत, किशान श्रेष्ठ र पुर्ब अँईजीपी सवेन्द्र खनालले अपहरण गरेको भन्दै नबगठित समाजबादी पार्टीका नेताहरु नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध खनिएका छन् । त्यसैबीच सरकारी स्वामित्वको रेडियो नेपालले डा भट्टराईको अन्तरवार्ता बजाएको थियो ।

रेरियो नेतापलका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले डा भट्टराईको एक अन्तरवार्तालाई लिएर अवदेखी त्यस्ता अतिथी नल्याउन सचेत गराउँदै माफी मागेर बिज्ञप्ती निकालेका थिए । उनले डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथी मान मर्दन हुने बोलेको आरोपसहित आईन्दा त्यस्ता अतिथी नल्याउन निर्देशन जारी गरेपछि संयोजक मिश्र आक्रशित बनेका हुन् ।

पछिल्लो समय सबै क्षेत्र केपी शर्मा ओलीको निर्देशनमा तानाशाही रुपमा चल्न थालेको भन्दै सामाजिक संजाल प्रधानमन्त्री ओलीको आलोचनामा नै ब्यस्त छ । अरु त के नेकपाका नेताहरु नै खुलेआम प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आलोचना गर्न थालेका छन् । आज बस्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री बारे महत्वपूर्ण निर्णय हुन सकने अनुमान राजनीतिक बिश्लेशकहरुले लगाएका छन् ।

संचार क्षेत्रका बरिष्ठ बिज्ञसमेत रहेका संयोजक मिश्र यसो भन्छन्ः लाइभ प्रसारणमा ‘अपाच्य लान्छना’ लगाए प्रस्तोताले तु. प्रतिप्रश्न गर्नु पर्छ। ‘अशिष्ट’ शब्द प्रयोग भए अन्तर्वार्ता दिने व्यक्तिलाई तु. सावधान गराउनु पर्छ र आवश्यक परे क्षमा माग्नु पर्छ। अन्तर्वार्ता हटाउने होइन। प्रकाशित गर्दा अशिष्ट शब्द सम्पादन गर्नु पर्छ। ओलीदरवारको भय बढ्दो छ।