सामाजिक सञ्जाल

धनराजको ब्यंग्य: हामी गणतन्त्रका लागि लड्यौं, दुर्भाग्यवस बयलगाडातन्त्र भोगिरहेका छौं

१५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आफूहरु २०६२/०६३ को जनआन्दोलनमा गणतन्त्रका लागि लडेपनि बयल गाढा चढेर गण्तन्त्र नआउने बताउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशमाथी अंशुक लगाएको बताएका छन् ।

आज रेडियो नेपालका एक कार्यक्रम संचालक डा नबराज लम्सालले पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई अथिति राखेको भन्दै निकालिएको बिज्ञप्तीप्रति असन्तुष्टी जनाउँदै बिज्ञप्ती निकालेकोमा सर्बत्र बिरोध भईरहेको बेला नेता गुरुङले पनि असन्तुष्टी पोखेका हुन् । पूर्ब प्रधानमन्त्री डा भट्टराईसहित उनको पार्टीका साँसदलाई नेकपाका साँसदहरु महेश बस्नेत, किशान श्रेष्ठ र पुर्ब आईजीपी सर्वेन्द्र खनालले अपहरण गरेको र त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएको बताउँदै आएका छन् ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेसकुमार कार्कीद्वारा हस्ताक्षरीत बिज्ञप्तीका अनुसार उक्र कार्यक्रममा अबदेखी सरकारको आरोचना गर्नेलाई अतिथी नल्याउृन समेत निर्देशन दिईएको छ । त्यसैप्रति नेता गुरुङ प्रधानमन्त्री ओलीसंग थप आक्रोशीत हुंदै २०६२/०६३ सालको बयलगाडा काण्डलाई जोडेका छन् ।

उनले बिज्ञप्तीसहित साँकेतिक रुपमा भनेका छन्ः

२०६२/०६३ को जनआन्दोलनमा हामी गणतन्त्रका लागि लड्यौं तर दुर्भाग्यवस आज बयलगाडातन्त्र भोगिरहेका छौं। बयलगाडातन्त्रको प्रमाणको रुपमा यो विज्ञप्ति आफैं वोल्छ।