गण्डकी प्रदेश

काँग्रेस नेता पुगे राहत बाँड्न दुःख पाएका जनताको घरघरमा

१५ बैसाख, बाग्लुङ । बिश्वा भर फैलिएको कोरोना भाइरस केभिड–१९ महामारीको कारण हाम्रो देश नेपाल पनि गत चैत देखि लक डाउनमा छ। यस कारण सम्पुर्ण देश र जनता आर्थिक मारमा चेपिदै गएको छन भने दैनिक ज्याला मजदुरि गरि खाने र बिपन्न परिवारलाई दैनिक हातमुख जोड्ने समस्या भएको छ। तिन तहका सरकार ले राहत घोषण गरेता पनि समानुपातिक रूपमा आबस्यक जनतामा राहत नपुग्दा वा बितरण हुन नसक्दा समस्या दिनानुदिन बढ्दै गई रहेको छ ।

यसै कुरालाइ मध्य नजर गर्दै नेपाली कांग्रेसको नेता तथा गत उप निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी बाग्लुङ क्षेत्र न–२ ख का जित बहादुर शेरचनले आफ्नो क्षेत्रमा राहत लिएर घर घर पुगेका छन् ।

नेता जित बहादुर शेरचन आफ्नो क्षेत्र बाग्लुङ २ख का ढोरपाटन नगरपालिका, तमानखोला गाउ पालिका, निसिखोला गाउपालिकामा बिना राजनीति पुर्बाग्रह राहत आबस्यक सम्पुर्ण ब्याक्ती परिवारलाई चामल, तेल, नुन, साबुन लागाएत अति आबस्यक सामाग्री स्थानीय टोल टोल, घर घर मा गएर बितरण गर्नु भएको छ भने बाग्लुङ क्षेत्र नः २ क का सम्पुर्ण स्वास्थ केन्द्रहरुलाइ पिपिइ लगएत स्वास्थ सामाग्री प्रदान गरेका हुन् ।

उनले हाल सम्म चामल १२० क्विन्टल, तेल ६०० लिटर, नुन ६०० किलो, साबुन ६०० थान त्यस्तै स्वास्थ सामाग्री मा पि. पि. इ. ४० थान, माक्र्स ५०० थान, पन्जा ५०० थान, हेड सेट ५०० थान, सेनिटाइजर २५० थान, साबुन १००थान गरि झन्डै दश लाख बराबरको सामाग्री बितरण गरेका छन्। उनले आफु बाग्लुङ बासीहरुको हरेक दुख सुखको साथी भएको र चुनावको हारजितले फरक नपार्ने बताउदै माहामारीको बेलामा मानबता महत्त्वपूर्ण भएको र आफु सधै यहाँको आम जनता सङ्ग सङै रहेको सन्देश दिएका छन् ।
उहालाइ यो राहत बितरणमा प्रभु ग्रुप, सुमेग ट्राभल ,आर. बि. ओभरसिज, एलिस रेस्टुरेन्ट, बिकास शेरचन ले साथ दिएका छन् भने पुर्ब माहासमिती सदस्य अर्जुन शेरचन, कांग्रेस बाग्लुङ २ ख सभापति नरजङ्ग घर्ती, ऋषिराम कडेँल, गण्डकी थापा अधिकारी, नबिन शेरचन लगाएत स्थानीय कांग्रेस जनहरुले बितरणमा सघाइ रहेका छन् ।