राजनीति

राप्रपाले गलत कुराको बिरोध गर्छ तर संयुक्त संघर्षमा जाने निर्णय गरेको छैनः अध्यक्ष थापा

१५ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले आज तेस्रा अध्यक्ष डा प्रकाशचन्द्र लोहनी सहभागी भएर समाजबादी जनता पार्टी र काँग्रेससँग संयुक्र मोर्चा बनाउनने भनेर गरिएको सहमतीलाई अस्वीकार गरेका छन् । अध्यक्ष पथापाले ट्वीट गर्दै संयुक्त संघर्षमा जानेवारे राप्रपाले कुनै निर्णय गरेको छैन भनेर स्पष्ट पारेका छन् ।
अध्यक्ष थापाले सरकारका स्वेच्छाचारी गतिबिधि र अधिनायकबादी प्रवृतिका बिरुद्धमा शसक्त भएर लागिरहने बताउँदै संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जनागर्नु उपयुक्त नहुने विचार व्यक्त गरेका छन् । आज काँग्रेस केन्द्रीय कार्यालयमा भएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजबादी जनता पार्टीक उपेन्द्र यादब र राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले संयुक्त संघर्षमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए ।

अध्यक्ष थापाको ट्वीटः
सरकारका स्वेच्छाचारी गतिविधि र अधिनायकवादी प्रवृत्तिको राप्रपाले सशक्त बिरोध गर्दैआएको छ। भविष्यमा पनि गरिरहने छ।
संकटको वर्तमान घडीमा राजनीतिक ध्रुवीकरण गरेर अस्थिरता सिर्जनागर्नु उपयुक्त हुंदैन।
दलहरुविच मोर्चावन्दीगर्ने ? संयुक्त संघर्षमा जानेवारे राप्रपाले कुनै निर्णय गरेको छैन।