पु.समाचार

साईबर क्राईमको आरोपमा थुनामा रहेका पूर्ब सचिव उपाध्याय अदालतको आदेशमा रिहा

१५ बसाख, काठमाडौं । साईबर क्राईमको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएका पूर्बसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहाई गरिएको छ । उनलाई आज गरिएको जिल्ला न्यायधीश भरमणी खनालको ईजलासबाट रिहाईको आदोशपछि थुनामुक्त गरिएको हो ।

पूर्ब सचिव उपाध्यायलाई रिहाई गर्न दुई दर्जनजति कानून ब्यावशायीले उनका पक्षमा बहस गरेका थिए । अभिब्यक्ती स्वतन्त्रताको बिरुद्धमा सरकार उत्रिएको भन्दै सरकारका बिपक्षमा नागरिक समाज लगायतले ब्यापक बिरोध गरेको थियो ।

नागरिक समाजका अगुवा लगायतले उपाध्यायको रिहाईले न्यायालयले अभिब्यक्ती स्वतन्त्रताको पिक्षमा निर्णय गरेको भन्दै स्वागत गरेका छन् । कतिपय उनीहरु रिहाईस्थलमा नै उपाध्यायलाई बधाई दिन उपस्थित समेत देखिएका थिए ।