पु.समाचार

बिना पासका गाडी चल्न नदिन गृहले दियो ७७ जिल्लालाई निर्देशन

१५ बैसाख, काठमाडौं । लकडाउनका समयमा पनि सर्बसाधारणहरुले सवारी साधन चलाउन थालेपछि गृहमन्त्रालयले अत्यावश्यक तथा पासबिनाका सवारी साधन चलाउन कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता केदारथाथ शर्माका अनुसार लकडाउन उलंघनको गुनासा बढ्न थालेपछि कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै लकडाउन उलंघन रोक्न कडाई गर्न परिपत्र गरिएको हो ।

पछिल्लो समय सडकमा सवारी साधान बढ्न थालेको देखिएको छ । उक्त सवारीको भीड घटाउन गृहले पत्र काटेको हो ।