राजनीति

कांग्रेस नेता डा खड्काले गृह जिल्लाका जनतालाई दिए ७५ सय किलो चामल

१५ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा नारायण खड्काले कोरोना प्रभावितलाई ७५ सय किलो चामल वितरण गरेका छन् ।

डा खड्काले उक्त चामल उदयपुर जिल्ला बेलका नगरपालिका का नगर प्रमुख दुर्गा कुमार थापा तथा अन्य स्थानीय तहलाई  हस्तान्तरण गरेका हुन् । मुलुकैभरी कोरोनाको महामारी फैलिएपछि जारी लकडाउनका कारण रोजगारी गुमाउँदा खानै समस्या परेका हरुलाई उनले यस्तो सहयोग गरेका हुन् । अझै पाँच सय केजि ताप्ली गाउँपालीकालाई हस्तारन्तरण गर्ने डा खड्काको सचिवालयले जानकारी दिएको छ ।

साथै उक्त अवसरमा बेलका नगरपालीकामा वितरण गर्दा नगर सभापति सुशील सेढाई, साथमा महाधिवेशन प्रतिनिधि अशोक कार्की, जिल्ला कार्य समितीका जय प्रसाद सुवेदी,  वडा नं ४ का वडा अध्यक्ष दिपक दंगाल लगएतको सहभागीता थियो ।

डा खड्काले भुकम्प, वाढी, पहिरोमा स्थानीय स्तरमै आफै खटेर विपन्न नागरिकको उद्दारमा सक्रिया भएका थिए भने कोरोना माहामारीको समयमा पनि आफ्नो गृहजिल्लाका जनतालाई दुःख नपाउन भन्दै जस्तो सुकै सहयोग गर्न आफु तयार रहेको बताएका छन् ।