राजनीति

पछिल्लो संकट १२ बुंदेपछि लादिएको गलत अवधारणाको परिणामः अध्यक्ष थापा

१५ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १२ बुंदे सहमतीपछिको अवधारणको परिणामका कारण पछिल्लो समयमा देश संकटबाट गुज्रिरहेको बिश्लेशण गरेका छन् । अध्यक्ष थापाले पछिल्लो समयको संकट १२ बुंदेपछि लादिएको गलत अवधारणाको परिणाम भएकोले सक्ने भए ब्यवस्था र बाटो परीवर्तन गर्नेबारे बहस गर्न सार्बजनिक अपील गरेका छन् ।

पछिल्ला समयका राजनीतिक कृयाकलापले राजनीतिक अस्थिरता लम्बीन सक्ने भन्दै अस्थिरता कसैको ब्यक्तीगत भन्दा पद्धतीका कराण भएको टिप्पणी छ । उनले ०६० सालमा भएको तत्कालीन माओबादीसँगको काँग्रेससहितका दलको १२ बुंदे समझदारीमा राजसँस्था हटाउने बिषयका बारेमा असन्तुष्टी पोखेका हुन् । उनले सरकार लगायतका जिम्मेवार राजनीतिक दलहरुलाई ब्यवस्था परिवर्तन गर्न बहस गरौं भन्दै राजसँस्था व्यूत्याउन छलफल गर्न साँधेतिक रुपमा आग्रह गरेका हुन् ।

नेता थापाले यदि १२ बुंदे समझादारीबारे बहस नगर्ने हो भने सबैले बर्तमान अवस्थामा माहामारीको बिषयमा सबै एकजुट हुनुको बिकल्प नरहेको बताएका छन् ।

नेता थापाले ट्वीटमा भनेका छन्ः देश संकटबाट गुज्रिरहेको बेला सत्ताकेन्द्रित राजनीतिक अस्थिरता घातक हुनेछ। वर्तमान राजनीतिमा देखिएको विकृति व्यक्तिको कमजोरी मात्र होईन, १२बुंदेपछि लादिएको गलत अवधारणाको परिणाम हो। त्यसैले सक्छौ भने व्यवस्थारबाटो परिवर्तन गर्नेवारे बहस गरौं, होईन भने एकजुट भएर महामारी नियन्त्रणमा लागौं !!!