राजनीति

धनराजको आक्रोसः श्री ३ ओलीका हालसम्मकका काम निर्मला काण्डदेखी सांसद अपहरण सम्म

१५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्मला पन्त बलात्कार तथा हत्या काण्डदेखी साँसद अपहरण काण्डसम्म सबै अपराधहरु स्वाहा बनाएको बताएका छन् ।

उनले केपी सरकार बनेदेखी नै काण्डमा लिप्त भएको ओली सरकारको श्री ३ पण्डितबाट कार्य सम्पन्न भन्दै सरकार काण्डै काण्डमा लिप्त भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा व्यंग्य गर्दै असन्तोष ब्यक्त गरेका छन् । नेता गुरुङले प्रधानमन्त्री ओलीलाई श्री ३ को समेत संज्ञा दिएका छन् ।

उनको ट्वीटः निर्मला काण्ड–ओम् स्वाहा! वाईडबोडी काण्ड–ओम् स्वाहा! थ्रिजी काण्ड–ओम् स्वाहा! बुढी गण्डकी काण्ड–ओम् स्वाहा! बालुवाटार काण्ड–ओम् स्वाहा! यती काण्ड–ओम् स्वाहा! ७०करोड काण्ड–ओम् स्वाहा! ओम्नी काण्ड– ओम् स्वाहा! सांसद अपहरण काण्ड–ओम् स्वाहा! श्री ३ पण्डितबाट कार्य सम्पन्न !!!