राजनीति

महामन्त्री खड्काको प्रश्नः लकडाउन थपिएको अवधिमा विपन्नको चुल्हो बाल्ने के योजना छ ?

१५ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले सरकारले थप गरेको लकडाउनलाई लिएर सरकारलाई विभिन्न प्रश्न नगरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत तेस्रो चरणको लडाउनको घारषणा गरेको सरकारलाई कछुवाचाल को कोरोना परिक्षण युद्धस्तरमा बढाएर पिसिआर पद्धति बाट १० दिनमा कति हजार परिक्षण गर्ने योजना छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

उनले मजदुर र बिपन्नको चुल्हो बाल्ने के योजना छ ? भन्दै बिदेश र देशभित्र अलपत्र परेका नागरिक कति दिनमा आफ्नो घर पुग्न पाउँछन् ? भन्दै प्रधानमन्त्री केपी शर्मा खोलीले कडा प्रश्न गरेका छन् । सरकारले आईतबार मात्रै तेस्रो चरणको लकडाउन बढाएर २५ गतेसम्म पुर्याएको छ ।

सरकारले लगाएको लकडाउन आज सकिँदै थियो तर लकडाउनको कारण कोरोना माहामारी नियन्त्रणमा टेवा पुर्याउको भनदै १० दिन अरु पप्ने मन्त्रीपरिषदको आईतबारको बैठकले निर्णय गरेको हो ।

 

उनको ट्वीटः तेश्रो चरणको लकडाउन त घोषणा गर्नुभो @PM_Nepal ? – कछुवाचालको कोरोना परिक्षण युद्धस्तरमा बढाएर PCR पद्धति बाट१० दिनमा कति हजार परिक्षण गर्ने योजना छ ? –मजदुर र बिपन्ननको चुलो बाल्ने के योजना छ ? बिदेश र देशभित्र अलपत्र परेका नागरिक कति दिनमा आफ्नो घर पुग्न पाउँछन् ?