अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको कारण मृतकको संख्या ९ सय नजिक, संक्रमीत २७ हजार वढी

१५ बैशाख काठमाडौं । चीनको उहान सहरबाट फैलिएको कोरोना माहामारीका कारण विश्वलाई नै आक्रान्त पारेको छ । चीनबाट फैलिएको कोरोनाले दुई सय वढी देशलाई आतंकित पारेको छ ।

नेपालको छिमेकी देश भारतमा कोरोनाको संक्रमीत र मृत्यु हुनेको संख्या तिब्र गतिमा बढिरहेको छ । वल्र्ड मिटरको बिहान साढे ८ बजे सम्मको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या झण्डै ९ सय व्यक्तिको मृत्यु भएको छ । आजसम्म भारतमा ८ सय ८१ को मृत्यु भएको छ ।

भने संक्रमीतको संख्या पनि तिब्र गतीमा फैलिरहेको छ । संक्रमीतको संख्या २७ हजार ८ सय ९० पुगेको छ । छिमेकी देश भारतमा कोरोनाको कारण मृत्यु र संक्रमीतको संख्या तिब्र गतिमा बढिरहेकाले नेपालमा पनि जोखिम कम भएको छैन ।