राजनीति

डा कोईरालाको प्रश्नः पुर्व प्रधानमन्त्रीको मुद्धा दर्ता हुन्न भने सर्वसाधारणले कसलाई विश्वास गर्ने ?

१५ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा शेखर कोईरालाले सांसद अपहरण काण्डमा प्रहरीले जाहेरी नलिएको भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता कोराईरालाले सरकारको बिरोध गरेको भन्दै साईबर अपराधको मुद्दामा एक पुर्व सचिव प्रहरी हिरासतमा रहेको तर अर्को तिर पुर्वप्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति आफै उपस्थित हुँदा पनी प्रहरीले अपहरणको मुद्दा दर्ता गर्न नमानेको भन्दै कटाक्ष गरेका हुन्  ।

उनले अजबको सरकार–गजबको कानुन भन्दै व्यंग्यात्कम टिप्पणी गरेका छन् । साथै नेता कोईरालाले सर्वसाधारणले कस्लाई के बिश्वास गर्ने भन्दै प्रश्न गरेका छन् ।

आईतबार जनता समाजवादीका नेताहरु आफ्ना सांसदको अपहरणमा सहभागीलाई कारबाहिको माग गर्दै टेकु गएका थिए तर प्रहरीले जाहेरी लिन नमानेपछि फर्किका थिए ।

उनको ट्वीटः सरकारको बिरोध गरेको भन्दै साईबर अपराधको मुद्दामा एक जना पुर्व सचिव प्रहरी हिरासतमा छन । तर, अर्को तिर पुर्वप्रधानमन्त्रीको साथमा अपहरित व्यक्ति आफैं उपस्थित हुँदा पनि प्रहरी अपहरणको मुद्दा दर्ता गर्न मान्दैन । अजबको सरकार–गजबको कानुन । अनि सर्वसाधारणले कस्लाई के बिश्वास गर्ने ?