सुदूरपश्चिम

चट्याङ लागेर अनिताको निधन, सीता र कल्पना घाइते

१४ वैशाख, डोटी । अछामको मेल्लेख गाउँपालिका वडा नं ३ ठाँटी बगुडामा आज अपराह्न चट्याङ लागेर स्थानीयवासी जनक शाहकी २५ वर्षीया श्रीमती अनिताको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीका अनुसार दिउँसो चट्याङ लागेर सोही ठाउँका सीता शाह र कल्पना शाह घाइते भएका छन् । घटनास्थल बाजुरा जिल्लाको सीमा क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको र बाँकी विवरण टोली पुगेपछि मात्रै आउने प्रहरी प्रमुख भारतीले जानकारी दिए ।