सामाजिक सञ्जाल

रविको प्रश्नः अपहरण मुद्धामा उजुरी लिन नमिल्ने भनेपछि कानून सानालाई मात्रै हो र?

१४, बैसाख, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले समाजबादी जनता पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादबलाई नेकपा साँसद महेश बस्नेत, किशान श्रेष्ठ र पुर्ब आईजीपी सर्वेन्द्र खनाललाई पक्राउ नगर्नु गलत भएको बताएका छन् । उनले आफूलाई चितवनमा भएको घटनामा काठमाडौंमा उजुरी लिएर पक्राउ गरी चितवन लगिएजस्तैगरी आरोपीतलाई काठमाडौंमै पक्राउ गरी महोत्तरी लान सकिने बताएका छन् ।

प्रस्तोता लामिछानेले चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने? भन्दै कडा प्रश्न गरेका छन् । उनले कानुन सानालाई मात्रै हो र भन्दै अराजकताको खाल्डो यति ठुलो नखान्नुस, पुरिने तापाईहरु आफैं हो भन्दै सचेत गराएका छन् ।

रविको ट्वीट स्टाटस्ः चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने, उहाँहरुको विरुद्धमा नमिल्ने? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला ? कानुन सानालाई मात्रै ? अराजकताको खाल्डो यति ठुलो नखान्नुस, पुरिने तापाईहरु आफैं हो @yuvrajdai