पु.समाचार

प्रहरीमा दर्ता भएन महेश बस्नेत, किशान श्रेष्ठ र पुर्ब आईजीपी खनाल बिरुद्ध अपहरण मुद्धा

१४ बैसाख, काठमाडौं । समाजबादी पार्टीका साँसद डा सुरेन्द्र यादबलाई मधेशबाट काठमाडौं ल्याउँदा पूर्ब आईजीपी सवेनद्य्र खनाल, साँसदद्वय महेश बस्नेत, किशान श्रेष्ठका बिरुद्ध काठमाडौं जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरेन ।

डा बाबुराम भट्टराई, उपेन्द्र यादब, हिशिला यमी, राजेन्द्र महतो, डा सुरेन्द्र यादबसहितका समाजबादी जनता पार्टीका शीर्ष नेताहरु नेकपा साँसद महेश बस्नेत, किशन श्रेष्ठ र पूर्ब आईजीपी सर्वेन्द्र खनालबिरुद्ध अपहरणको मुद्धा दर्ता गर्न प्रहरी परिष टेकु गएका थिए ।

केहिदिन अगाडी महेश बस्नेत, किशान श्रेष्ठ, पुर्व आईजीपी सर्वेन्द्र खनाल लगायतले मधेश गई समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा संघीय साँसद डा सुरेन्द्र यादबलाई बल प्रयोग गरि काठमाडौं ल्याएका थिए ।

संघीय समाजबादी पार्टी फुटाउन संख्या पुर्याउन भन्दै उनीहरुले डा यादबलाई काठमाडौं ल्याएका थिए ।