राजनीति

रवीन्द्रको आक्रोशः ‘अपहरण’ गर्न जाने र गर्न पठाउनेलाई चाहिँ छानविन नगर्ने ?

१४ बैसाख, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ज्ञानेन्द्र शाही र भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेकोमा आक्रोश पोखेका छन् । उनले ज्ञानेन्द्र शाहीलाई पक्रिने अनि ‘अपहरण’ गर्न जाने र गर्न पठाउनेलाई चाहिँ छानविन नगर्ने ? भन्दै प्रहरीलाई प्रश्न गरेका छन् । मिश्रले पूर्ब सचिव भिम उपाध्याय र भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने हो भने साँसद अपहरण गर्ने र पठाउने दुबैलाई कारबाही गर्नुपर्ने बताएक छन् । उनको सोझो संकेत पूर्ब आईजीपी सर्वेन्द्र खनालतिर तेर्सिएको छ । सर्बेन्द्र खनाल समाजबादी पार्टीका साँसद डा सुरेन्द्र यादबलाई लिन अपहरण शैलीमा मधेश गएको बिबाद पछिल्लो समय बढ्दै गएको छ ।

संयोजक मिश्रले कोरोनाबाट भन्दा धेरै ठूलो अनिष्ट यो देशले राजनीतिबाट भोगिरहेको टिप्पणी गर्दै गुज्रिएको दशकौँदेखी यस्तै समस्याबाट गुज्रीरहेको बताएका छन् । उनले नेपालीहरु अझै सचेत नहुने हो भने अझ दशकौँ यसैगरी बित्ने भबिश्यबाणी पनि गरेका छन् । ।

कानून उलंघन भए सबैलाई कारवाही गर्नोस्। तर @upadhyayabhim, ज्ञानेन्द्र शाहीलाई पक्रिने अनि ‘अपहरण’ गर्न जाने र गर्न पठाउनेलाई चाहिँ छानविन नगर्ने? कोरोनाबाट भन्दा धेरै ठूलो अनिष्ट यो देशले राजनीतिबाट भोगिरहेको छ, जसबाट हामी गुज्रिएको दशकौँ भयो। सचेत नभए अझ दशकौँ यसैगरी बित्नेछ।