राजनीति

नेता बाँस्कोटाको संकेतिक दाबीः ओली बिनाको नेकपा कल्पना पनि गर्न सकिन्न

१४ बैसाख, काठमाडौं । नेकपा नेता एबम् पुर्ब संचारमन्त्री गोकुल बाँस्कोटाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिनाको नेकपा कल्पना गर्नु गलत भएको संकेत गरेका छन् । नेता बाँस्कोटाले ट्वीटरमा लेख्दै ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त? भनेर प्रश्न गरेका छन् ।

उनले उदाहरण दिँदै तिनाउको किनारमा रामापिथेकसको नलिहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाण्डौमा बस्ती नै बसाउन सक्ने थिएनन्, भनेका छन् ।
उनकाने ट्वीटः
ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन भने तिनीहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त? गणितले राजनीतिको हैन,राजनितिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलिहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाण्डौमा बस्ती नै बसाउन सक्ने थिएनन् ।