साहित्य

सुखी दाम्पत्य जिवन 

-सनत कुमार थापा                                                               – रचना

दूई हजार चौवालिस साल बैशाख अठार अक्षय तृतियाको शूभ दिन !
मौदगोल्य गोत्र कार्की बाट आत्रेय गोत्र वगाले थापामा भयौ तिमी समायोजन !!

चौत्तिस बर्षमा प्रवेश गर्दै रमाउदै आयौ हामी सुखमय दाम्पत्य जिवन !
आखाॅका दुई नानी छोरा छोरी हाम्रा अमूल्य रत्न यो धर्तिमा हूर्किएका छन !!

छोरा छोरीले उच्च शिक्षा हासिल गरि भबिष्य उज्वल पारेका छन् !
प्रिय तिमिले घर ब्यबहार धानी साथ दियौ सधै भरि निभाई मिठो बोलि बचन !!

हसिलो मुहार सधै तिम्रो स्वागत गर्छ्यौ सबैलाई तिमी सधै खूसी भईकन !
हे ईस्वर यसै गरि आनन्द र खूसी संग बितोस हाम्रो आगामी जिवन !!

एक्काईस बसन्त जन्म घरमा हुर्की बढी वरमाला सहित अक्ष्यय तृतिया बाट साथ मलाई दियौ !
मेरो उन्नती र प्रगतिमा एक्य बद्धता जनाई तिमिले सधै हौसला बढाई रह्यौ !!

विलासीतामा ध्यान नदिई सधै ईमान्दार र नैतिकवान रहन मलाई प्रेरित गरि रह्यौ !
जून स्थानमा पुगेको छु आज म यसको प्रेरणाकी श्रोत र हकदार तिमी भई रह्यौ!!

मेरो हर कार्यको सुक्ष्म अनुगमन र निगरानी जिम्वेवारी पुर्वक सधै गरि रह्यौ !
जसले गर्दा मलाई सधै इमान्दार र नैतिकवान रहन प्रेरित गरि रह्यौ !!

सादा जिवन र उच्च विचारमा रहि अगाडी बढ्न तिमीले दिई रह्यौ सधै प्रेरणा !
जन्म जन्ममा तिमी नै जिवन संगिनी पाई रहु ईस्वर संग मेरो यहि छ प्राथना !!

(बिबाह बर्षगाँठको चौत्तिस बर्षमा प्रवेश भएको उपलक्षमा सनत कुमार थापाद्वारा लेखिएको रचना)