राजनीति

ओली परे चौतर्फी घेराबन्दीमा, स्थायी समिति देखिँदैछ उनको प्रधानमन्त्री पद जाने कडी

pmoli

१४ बैसाख, काठमाडौं । नेकपाभित्र स्थायी समिति बैठक बस्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब बढेको छ । पार्टीभित्र छलफल नै नभई प्रधानमन्त्री ओलीले राजनीतिक दल र समिति सम्बन्धी दुई अध्यादेश राष्ट्रपति बिद्यादेवी भण्डारीबाट स्वीकृत गराउने कार्य गरेपछि असन्तुष्ट बनेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम लगायतका नेताहरुले स्थायी समिति बैठक बोलाउन नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

प्रधानमन्त्रीले आफूले उक्त बिधेयक फिर्ता लिईसकेको अवस्थामा स्थायी समिति बैठक बालाउन आवश्य नरहने भन्दै सबै नेताहरुलाई बिश्वस्त दिलाउने प्रयास गरेपनि नेताहरु त्यस कुरामा बिश्वस्त भएक छैनन् । उपाध्यक्ष बामदेब गौतमले त खुलेरै भने कि अब तपाई अस्वस्थ हुनुभयो छाडिदिनु्स् भनेर, अन्य अधिकाँस स्थायी समिति सहस्यहरु पनि स्याथी समितिको बैठक बोलाउनुपर्छ भन्ने मागमा रहेका छ ।

अध्ययक्ष दहाल, बरिष्ठ नेता माधव नेपाल र खनाल लगायतका नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूलाई अल्पमतमा पारेर अप्ठ्यारोमा पार्ने हुन् कि भन्दै तत्काल बैठक नबोलाउन गरिएको आग्रह उनीहरुले अस्वीकार गरेका छन् । शनिबारका ती भेटपछि नेताहरुले २ ३ दिनभित्र नै स्थायी समिति बैठक बोलाउनैपर्छ भन्ने माग गरेका छन् ।

उपाध्यक्ष बामदेब गौतमले प्रधानमन्त्रीबाट राजीनामा दिनु भनेपछि प्रधानमन्त्री ओली बामदेबसँग चिढिएको समाचार अहिले भाईरल नै भएको छ । ओलीलाई स्थायी समिति बैठक बोलाउनुपर्ने बाध्यता हुन सक्छ र बैठक बसेमा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गर्न बाधय पार्ने सम्भावना रहेको नेकपा उच्च स्रोतको दाबी छ । उनले एकपछि अर्को गलत काम गर्दै जालान भन्ने शंका उत्पन्न भएको भन्दै स्थायी समिति बैठक बोलाउनै पर्ने भन्ने भैशिपार्टी बैठकले पनि तय गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नमागेको राजीनामा अब आफ्नै पार्टीले बाध्य पार्ने सम्भावना बलियो देखिएको छ । संचार मन्त्रालयको कमिशन काण्ड, स्वास्थ्य सामाग्री खरिद काण्ड हुँदै पछिल्लो समय प्रधानमन्त्री ओली बिधेयक काण्डमा आएर सर्बत्र ओलोचित हुँदै आएका छन् । अन्य कुराहरु यथावत रहे र उक्त बैठक बसेमा प्रधानमन्त्री पद जाने ओलीको कडि हुने बिश्लेशकहरुले अनुमानलगाएका छन् ।