बाग्मती

देउराली क्लवको राहत हस्तान्तरण यस्तो रह्यो

१३ बैसाख, काठमाडौं । देउराली क्लवको तत्वधानमा कोरोना भाईरस–(कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारणले सर्वसाधरणहरुमा संकट भएको समयमा सिबपन्नलाई खाध्यान्न हस्तान्तरण गरेको छ । देउराली क्लवका संरक्षक, आजीवन सदस्यहरुबाट प्राप्त खाध्यान्न ८००परिवारहरुको लागि चामल, चिउरा, दाल, मस्यौरा, तेल, नून र आलु सहितको पाकेट हस्तान्तरण गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष अर्जुन रानामगरले कामपा वडा ३१ का वडाअध्यक्ष नारायण प्रसाद भण्डारीलाई एक समारोहको बीच हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा प्रदेश सांसदद्धय गणेश प्रसाद दुलाल, राजेन्द्र गुरुङ्ग, वरिष्ट पत्रकार प्रतिक प्रधान, महानगरिय वृत्त बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक दूर्गाराज रेग्मी, वडासदस्यहरु हुमा आचार्य, सान्नानी मिजार, सरोज ढकाल र रमेश सत्याल, किङ्गकम क्लवका अध्यक्ष राजेश गुरुङ्ग, नेपाली कांग्रेसका युवा नेता सुरज चन्द्र लामीछाने, नेकपाका युवा नेता ईश्वर सापकोटा(शैलेश) राप्रपाका नेता तारा लुईटेल, देउराली क्लवका पूर्व अध्यक्षत्रय सुन्दर बहादुर खत्री, लीलेन्द्र प्रसाद प्रधान, बसन्तकुमार श्रेष्ठ लगायत विभिन्न सामाजिक एवं शैक्षिक संध संस्थाका पदाधिकारीहरु, क्लवका पदाधिकारीहरु तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

उक्त समारोहमा वडाअध्यक्ष नारायण प्रसाद भण्डारीबाट उक्त राहत सामाग्रीहरु विभिन्न क्षेत्रहरुमा वितरण गर्न क्लवका अध्यक्ष लगायत विभिन्न टोलका अगुवाहरुलाई वितरण गर्न प्रदान गरेका थिए । खाध्यान्न सामाग्रीहरु क्लवका प्रतिनिधीहरुको रोहवरमा विभिन्न टोलहरुमा वितरण शुरु भै सकेको सबैमा जानकारी गराउँदै खाध्यान्न सहयोग गर्ने मनकारीदाताहरु एवं राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन स्वयमसेवकको भूमिकामा रहने सबैमा देउराली क्लव धन्यवादका साथ आभार व्यक्त गरेको छ ।