राजनीति

कोरोना संक्रमणको यथार्थ मुल्यांकन गरेर सरकारले लकडाउनको विषयमा निर्णय गरोस्ः डा महत

काठमाडौं बैशाख १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले बन्दाबन्दी कहाँ खुकुलो पार्ने कहाँ कडा गर्ने संक्रमणको यथार्थ मूल्याकंनका आधारमा सरकारले कार्ययोजना सर्बजनिक गर्नुपर्ने बताएका छन ।

(सनिवार) आज सामाजिक संजाल ट्वीटमार्फत आफ्नो धारना सार्वजनिक गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन ।

नेता महतले दोश्रो चरणको बन्दाबन्दिको समय सकिदै गर्दा आम नेपाली नागरिकहरूको आर्थिक सामाजिक जिबन झन्– झन् कष्टकर बन्दैछ गएको भन्दै सरकारलाई अब बन्दाबन्दिको निर्णय गर्दा यो कुरामा पनि ध्यान दिन सुझाव दिएका छन ।

दोस्रो चरणको बन्दाबन्दिको समय बैशाख १५ गते सकिदै छ । सरकारले बन्दाबन्दी लम्ब्याउने कि के गर्ने भन्ने निर्णय लिन बाकी नै छ ।

 

उनको ट्वीटः दोस्रो चरणको  Lockdown  को समय सकिदै छ । आम नेपाली नागरिकहरूको आर्थिक सामाजिक जिबन झन् झन् कष्टकर बन्दैछ । Lockdown कहाँ खुकुलो गर्न उपयुक्त छ , कहाँ छैन संक्रमणको यथार्थ मूल्याकंनका आधारमा सरकारले कर्ययोजन सार्बजनिक गरोस् ।