समाचार

जारी लकडाउनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सरकारले आज निर्णय गर्दै

१३ काठमाडौं बैशाख । मुलुकमा जारी लकडाउन अबका दिनमा कसरी अगाडी बढाउने भनने विषयमा सरकारले आज निर्णय गर्दै छ । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन आज पुरा एक महिना भईसकेको छ । मुलुकैभरी शैक्षिक संस्था, यातायात, उद्योग कलकारखाना लयाएत सबै ठप्प छन् ।

तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो । त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड(१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ । झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमीत थपिरेका छन् भने नीको भएर घर फर्कने संख्या पनि थपिनै रहेको छ । यस्तो अवस्थामा कसरी अगाडी बढ्ने भननेबारे आजको बैठकमा निर्णय हुने जनाईएको छ ।