सामाजिक सञ्जाल

केसिको प्रश्नः भ्रष्टाचार बिरुद्ध बेल्ने भीम र चामल/चिउरा बाँड्ने ज्ञानेन्द्र शाहीलाई किन पक्रेको ?

१३ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापती जगदीश्वर नरसिंह केसिले भ्रष्टाचार बिरुद्ध बेल्ने भीम र चामल/चिउरा बाँड्ने ज्ञानेन्द्र शाहीलाई किन पक्रेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता केसीले एउटा नागरिकले सामाजिक र मानवीय काम गर्दागर्दै पक्रिनुपर्ने ? थुनिनुपर्ने? यो कहाँको न्याय हो? भन्दै तिम्रा हर्कतले तिमी आफू बदनाम हुन्जेलसम्म केही फरक पर्दैन तर यहाँ त व्यवस्था बदनाम हुँदैछ भन्दै प्रधानमन्त्री प्रति आक्रोस व्यक्त गरेका छन् ।

यस्तै नेता केसिले पूर्वसचिव भीम उपाध्यायलाई केपी ओलीलाई ट्विटमा गाली गरेको आरोपमा सरकारले पक्राउ गरेर थुनामा राखेको भन्दै उपाध्यायले ट्विटमा राष्ट्र, राष्ट्रियता वा देशको सार्वभौमिकताका विरुद्ध  बोलेका छैनन् भनेका छन् ।

नेता केसिले उपाध्याय केपी ओलीका बारेमा ब्यक्तिगत कुरा गरेको भन्दै साइबर अपराधमा पक्रनुअघि प्रहरीमा ओलीको ब्यक्तिगत जाहेरी दर्ता भएको छ ? भन्ने प्रश्न गर्दै केपी ओली राष्ट्र होइन भनेका छन् ।

साथै अध्यादेश प्रकरणमा आफ्नो अहंकारको अवसान भइसक्दा पनि चेत आएको छैन भन्दै प्रश्न गरे । नेता केसिले स्टाटसमा अगाडी लेखेका छन्ःतिमी असफल भएर केही फरक पर्दैन तर यहाँ त देश असफल हुँदैछ। होसियार !

 

नेता केसिको फेसबुक स्टाटसः पूर्वसचिव इ। भीम उपाध्यायलाई केपी ओलीलाई ट्विटमा गाली गरेको आरोपमा सरकारले पक्राउ गरेर थुनामा राखेको छ । पूर्व सचिव उपाध्यायले ट्विटमा राष्ट्र, राष्ट्रियता वा देशको सार्वभौमिकताका विरुद्ध विप्लव बोलेका छैनन् । छन् भने केपी ओलीका बारेमा ब्यक्तिगत कुरा गरेका छन् । उपाध्यायलाई साइबर अपराधमा पक्रनुअघि प्रहरीमा ओलीको ब्यक्तिगत जाहेरी दर्ता भएको छ? केपी ओली राष्ट्र होइन । ब्यक्तिगत टिकाटिप्पणी वा गालीगलौजको देवानी मुद्दामा सरकार वादी हुन्छ ? कानुनको धज्जी उडाउँन पाइन्छ ? अध्यादेश प्रकरणमा आफ्नो अहंकारको अवसान भइसक्दा पनि चेत आएको छैन? अर्का ज्ञानेन्द्र शाही नामका नागरिकलाइ ललितपुरका विपन्नलाई चामल र चिउरा बाँडेका कारण पक्रेर थुनामा राखिएको छ । त्यो को मान्छे थियो भन्ने कुरा छाडूँ । एउटा नागरिकले सामाजिक र मानवीय काम गर्दागर्दै पक्रिइनुपर्ने ? थुनिनुपर्ने? यो कहाँको न्याय हो? तिम्रा हर्कतले तिमी आफू बदनाम हुन्जेलसम्म केही फरक पर्दैन तर यहाँ त व्यवस्था बदनाम हुँदैछ । तिमी असफल भएर केही फरक पर्दैन तर यहाँ त देश असफल हुँदैछ । होसियार !