सामाजिक सञ्जाल

डा भट्टराईको प्रश्नः बस का बस मान्छे पठाउँदा कोरोना गाँउ–गाँउ फैलिएर मानिसको मृत्यु भए को जिम्मेवार ?

१३ बैशाख काठमाडौं । जनता समाववादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बस का बस मान्छे पठाउँदा कोरोना गाँउ–गाँउ फैलिएर मानिसको मृत्यु भए को जिम्मेवार ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले एकातिर लकडाउन घोषणा र अर्कोतिर अव्यवस्थित ढंगले मान्छे जिल्ला ओसारपसारको यो दोधारे नीतिले कोरोना गाउँ–गाउँ फैलिएर कसैको ज्यान गयो भने को जिम्मेवार भन्दै आक्रोसयुक्त प्रश्न गरेका हुन् ।

डा भट्टराईले सुरक्षित ढंगले थातथलो पुर्याउने व्यवस्था फेरीपनि गर्न सरकारको ध्यनाकर्शण गराएका छन् । उनले कि लकडाउन पूर्णतः लागू गरौं भन्दै उनले अब त दल फुटाउनबाट फुर्सद मिल्यो कि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्यात्कम प्रश्न गरेका छन् ।

 

उनको ट्वीटः एकातिर लकडाउन घोषणा र अर्कोतिर अव्यवस्थित ढंगले मान्छे जिल्ला ओसारपसार ! यो दोधारे नीतिले कोरोना गाउँगाउँ फैलिएर कसैको ज्यान गयो भने को जिम्मेवाररुकि योजनाबद्ध/सुरक्षित ढंगले थातथलो पुर्याउने व्यवस्था गरौं,कि लकडाउन पूर्णतस् लागू गरौं ! अब त दल फुटाउनबाट फुर्सद मिल्यो कि @kpsharmaoli ?