अन्तर्राष्ट्रिय

तालिवान लडाकूको आक्रमणमा परी १३ को मृत्यु

एजेन्सी । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानस्तिानमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी बाजीस प्रान्तमा बिहीबार बेलुका भएको घटनामा परी मृत्यु भएकाहरु व्यक्तिहरु सरकार समर्थित समूहका लडाकू भएको बताइएको छ ।

प्रान्तीय परिषद्का सदस्य बाहुउद्दिन कादेसीलाई उद्धृत गर्दै टोलो समाचारले जनाए अनुसार क्वाला ए–नाव सहरमा घटना भएको हो ।घटनामा परी सरकार समर्थित सोही समूहका अरु दश जना सम्पर्क विहिन रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

प्युविक उप्रिसिङ फोर्स नामक सो समूहले सरकारको पक्षमा आफ्ना गतिविधिहरु गर्दै आएको छ । अफगानिस्तानको सरकारी संरचना अन्तर्गत नै रहेर राष्ट्रिय रक्षा र सुरक्षा फौजलाई सहयोग गर्नेगरी सो समूहले काम गर्ने गरेको छ । घटनाका बारेमा सरकारी सुरक्षा अधिकारीहरुले पुष्टि गरेपनि मानवीय क्षतिका बारेमा भने कुनै विवरण दिएका छैनन् ।