राजनीति

प्रधानमन्त्रीमाथी गगनको आक्रोशः वैधता गुमाएको कमाण्डरबाट महासंकट पार लाग्दैन

१३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनले आज प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अध्यादेश फिर्ता लिएको भन्दै धन्यबाद दिएको सन्दर्भमा सभापति देउवालाई साँकेतिक रुपमा आक्रोश पोखेका हुन् ।

नेता थापाले साभापति सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी ! भन्दै आश्चार्य ब्यक्त गरेका छन् । नेता थापाले सभिापति देउवा र प्रधानमन्त्री ओलीबिचको साँठगाँठ राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ, भन्ने ठोकुवा गरेका छन् ।

पुर्ब स्वास्थ्य मन्त्री समेत रहेका उनले तैं चुप मै चुप! सवै खत माफ ? भन्दै बिधेयक फिर्ता लिएपनि साँसद अपहरण, स्वास्थ्य सामाग्री खरिद लगायतमा सरकारको बिरोध गर्नुपर्ने संकैत गर्दै प्रधानमन्त्रीसँगको भेटको घुमाउरो पारामा असहमती प्रकट गरेका छन् । प्रधानमन्त्रीसंगको भेटमा सभापति देउवाले केही बुंदे माग राख्दै अध्यादेश फिर्ता लिएकोमा धन्यवाद दिएका थिए ।

नेता थापाको स्टाटस्ः
अध्यादेश फिर्ता ! अनि धन्यवाद !
सांसद उठाउनेलाई गाली तर वालुवाटारमा वसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी !
तैं चुप मै चुप! सवै खत माफ ?
राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।