पु.समाचार

डा.संग्रौलाको प्रश्नः घिनलाग्दो घटना सासंद अपहरण गर्ने, गराउनेलाई खै कारवाही ?

१३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले नेपाली कँँग्रेसको अध्यादेश फिर्ता गर्न दिएको दबाबका कारण प्रधानमन्त्री केपी शर्मा ओली बाध्य भएको बताएकी छिन् । उनले अलोकतान्त्रीक अध्यादेश फिर्ता गर्नु राम्रो भएपनि समाजबादीका साँसदलाई अपहरण गर्ने र गराउने दुबैलाई कारबाही खै भन्दै प्रश्न गरेकी छन् ।

डा संग्रौलाले प्रधानमन्त्रीले आफूलाई कुर्शीमात्र प्यारो भएको देखाएको भन्दै पार्टी फुटाउने असफल प्रयास गरेपनि अपहरणमा संलग्न हुनुजस्तो घिन लाग्दो घटनाको दोषी प्रधानमन्त्रीले नैतिकता देखाउनु पर्दैन ? भनेकी छन् ।

उनको भनाईः नेपाली कांग्रेसको फिर्ता लिनु पर्छ भने अडान एबम सर्वत्र आलोचित भएपछि ओली भए ब्याक, ५ दिन पनि टिकेन अध्यादेश तर समाजबादी पार्टी फुटाउने उनको योजना बिफल भए पनि सासंदलाई अपहरण गर्ने, गराउने दुबैलाई खै कारवाही ? यस्तो घिन लाग्दो घटना को दोषी प्रधानमन्त्रीले नैतिकता देखाउनु पर्दैन ? कुर्सी कति प्यारो भएको ?