राजनीति

अध्यादेश फिर्ता भयो, अब साँसद अपहरण गर्ने जोकोही भएपनि कारबाही गर्नुपर्छः काँग्रेस

१२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नहुँने बताएका छन् ।

अध्यादेश फिर्ता भएपनि यो प्रकरण संग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने प्रवक्ता शर्माले बताएका छन् ।

नेपाली कांग्रेसले समाजबादी पार्६ीका साासद सुरेन्द्र यादबको घटनाबारे गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमान्दार कानूनी कार्वाहीका लागि अपील गरेका छन् ।

काँग्रेसले ओली सरकार चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन भएके जिकिर गर्दै नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील अपील समेत गरेको छ ।