राजनीति

ओली र उनको आडमा भएको गम्भीर अपराधको छानवीन/कार्वाही हुनैपर्छः डा भट्टराई

१२ बैसाख, काठमाडौं । जनता समाजबादी पार्टीका नेता डा बाबुराम भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैंतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेकाले अध्यादेश फिर्ता लिएको दाबी गरेका छन् ।

कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने दाबी गर्दै सबै पक्षलाई होशियार रहन डा भट्टराईले आग्रह समेत गरेका छन् । यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीनरकार्वाही हुनैपर्छ भनेर गलत कृयाकलापमा संलग्नलाई कुनै हालतमा कारबाही हुनुपर्ने माग उनको छ ।

समाजबादी पार्टीका साँसद डा सुरेन्द्र यादबलाई पुर्ब आईजीपी सवेन्द्र खनाल, साँसद महेश बस्नेत लगायतले मधेशबाट काठमाडौं ल्याएको कुरालाई समाजबादीले अपहरण भनेको छ ।

उनकै शब्दमाः
समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli अध्यादेश फिर्ता लिएछन्। यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ। सावधान !