राजनीति

धनराजको ओलीमाथी ब्यंग्यः घोंडाबाट लड्दा लुगा सबै च्यातिएर खेलाडी निर्वस्त्र बन्यो

१२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले अध्यादेश घोंडा दौडको क्रममा एक जना खेलाडी लडेर नराम्ररी पछारिएको दाबी गरेका छन् । नेता गुरुङले घोंडाबाट लड्दा लुगा सबै च्यातिएर खेलाडी निर्वस्त्र भएको भन्दै कडा ब्यंग्य गरेका छन् ।

उनले साँसद नेकपा सरकारको नेतृत्वमा अपहरणसँग जोडेर मधेशबाट रातारात पैठारी गरेको डाक्टरले पनि उपचार गर्न नसके पछि घोंडा चाहिं फिर्ता गरे भनेका छन् ।

लघुकथासंग जोडेर नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली र उनको टिमलाई मधेशबाट पार्टी फुटाउने षढ्यन्त्र गर्दै अध्यादेश समेत ल्याएर संघीय समाजबादी फुटाउन गरेको योजना फेल भएकोमा ब्यंग्य गरेका हुन् ।

नेता गुरुङको आफ्नै शब्दमाः अध्यादेश घोडा दौडको क्रममा एक जना खेलाडी लडेर नराम्ररी पछारियो ! मधेशबाट रातारात पैठारी गरेको डाक्टरले पनि उपचार गर्न नसके पछि घोडा चाहिं फिर्ता गरे। घोंडाबाट लड्दा लुगा सबै च्यातिएर खेलाडी निर्वस्त्र बन्यो। विचरा! यो लघुकथा बैकुण्ठ जाला भन्ने वेलामा मुखमा खुरुक्क आउला।