राजनीति

काँग्रेसको दबाबले ओली सरकारले टेक्यो घुँडा, गर्यो दुई अध्यादेश फिर्ता लिने निर्णय

१२ बैसाख, काठमाडौं । मन्त्रीपरिषदको बैठकले ब्यापक दबाबपछि सरकारले जारी गरेका दुई अधयादेश फिर्तँ लिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले संसदीय ससिति र राजनीतिक दल सम्बन्धी बिधेयक फिर्ता लिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यापक बिरोध गरेकोमात्र थिएन, उसका भातृसंस्था नेविसंघ तण दल लगायतलाईमाहामारी कोरोना संक्रमणको बेला समेत सडकमा बिरोध प्रदर्शनकालागिखटाएके थियो । आज नेविसंघले ७७ वटै जिल्लामा सरकारको अलोकतान्त्रीक बिधेयकको बिरोधमा बिरोध प्रदर्शन गरेको थपियो । स्वास्थ्य सामाग्री खरिदमा सरकारको चर बिरोध भईरहेका बेला अध्यादेश जारी गरेपछि सबैको ध्यान अध्यादेशतिर मोडिएको थियो ।

अध्यादेश ल्याएको चार दिनमा नै ओली सरकारले काँग्रेसको दबाब थेग्न सकेन । काँग्रेसले राजनीतिक रुपमा शमनतीपूर्ण दबाब दिएको थियो भने नेकपाका अधयक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल। झालनाथ खनाल लगायतका नेताहरुले आन्तरिक रुपमा दह्रो दबाब दिएका थिए । शुरुमा नेकपा नै फुटाउनेगरी बिधेयक ल्याएको भनिएपनि पछि संघीय समाजबादी, राजपा लगायतका साना दल फुटाउने षढ्यन्त्रमा ओली सरकार लागेको देखिएको थियो।

प्रधानमन्त्री ओलीसँग उनकै समकक्षी अधयक्ष दहाल समेत बिच्किएका थिए । अधयादेश फिर्ता लिएपछि पार्टीभित्र आन्तरिक सन्तुलन कस्ते हुने हो भन्न नसकिने भएपनि तत्कालका लागि हुने देखिएको ठूलो दुर्घटना भने टरेको छ । सरकारको दुई अध्यादेश फिर्ता लिने भएपछि प्रमुख प्रतिपक्षी दल काँग्रेस सहितका दलहरु केही समयका लागि चुप लाग्ने देखिएका छन् । काँग्रेससहितका पाँच दलहरुरु एकजुट हुन थालिसकेका थिए । उनीहरु जसरीपनि अधयादेश फिर्ता गराउन घुँडान टेकाउने रणनीतिमा सहभागी हुन थालीसकेका थिए ।