तस्विरहरु

नेविसंघले गर्यो सामाजिक दूरी कायम गर्दै देशभर आन्दोलन

१२ बैसाख, काठमाडौं । नेबिसंघले आज देशभरका ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको शसक्त विद्यार्थी संस्था नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले बिहीबार एक विज्ञप्ती जारी गर्दै आज नेकपा अध्यक्ष केपी शर्मा आली सरकारको ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्ने बताएका थिए ।

अध्यक्ष ढुंगानाले सुनसरीको ईटहरी चौकमा बिरोध प्रदर्शन गरेका छन् भने अन्य जिल्लामा उक्त जिल्ला अध्यक्ष, उपाध्यक्ष तथा सिनियर नेविसंघका नेताको नेतृत्वमा बिरोध प्रदर्शन गरिएको छ । आज बिहानैदेखी ओली सरकारले ल्याएका राजनीतिक दल र संबैधानिक परिसदका बिधेयकहरुको बिरोधमा प्लेकार्डहरु बोकेर ततकाल फीर्ता लिन मागसहित आन्दोलनहरु गरिएका छन् । नेविसंघका नेताहरुले बिश्वभर महामारीकान रुपमा फौलिएको कोरोना संक्रमण र नेपाल सरकारको लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम राखेर आन्दोलन गरेका थिए ।