अन्तर्राष्ट्रिय

कोरोनाः मृत्यु हुनेको संख्या १ लाख ९० हजार वढी, संक्रमीतको संख्या ७२ लाख १६ हजार नाघ्यो

१२ बैशाख काठमाडौं  । विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ । वल्र्डमिटरका अनुसार शुक्रबार बिहान सढे ६ बजेसम्मको तथ्यांक अनुसार कुल २७ लाख १६ हजार ८ सय ६ जना संक्रमित भइसकेका छन् । संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ ८ लाख ८० हजार २ सय ४ जना संक्रमित भइसकेका छन् ।

स्पेनमा २ लाख १३ हजार २४, इटालीमा १ लाख ८९ हजार ९ सय ७३, फ्रान्समा १ लाख ५८ हजार १ सय ८३, जर्मनीमा १ लाख ५३ हजार १ सय २९, बेलायतमा १ लाख ३८ हजार ७८ सय ४६ र टर्कीमा १ लाख १ हजार ७ सय ९० संक्रमित भएका छन् ।

विश्वभरी मृत्यु हुनेको कुल संख्या १ लाख ९० हजार ५ सय २८ पुगेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ । त्यहाँ मृत्यु हुनेको संख्या ४९ हजार ८ सय ४५ छ ।

त्यस्तै, इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, बेलायतमा १८ हजार ७ सय ३८ को मृत्यु भइसकेको छ । निको हुनेको संख्या पनि दैनिक बढिरहेको छ । शुक्रबार बिहानसम्म कुल ७ लाख ४५ हजार ४ सय १३ जना उपचारपछि निको भइसकेका छन् ।

निको हुनेको संख्या जर्मनीमा बढी छ । त्यहाँ १ लाख ३ हजार ३ सय उपचारपछि निको भइसकेका छन् । नेपालमा भने कुल ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १० जना निको भइसकेका छन् भने बाँकी उपचाररत छन् ।