पु.समाचार

राप्रपाद्वारा आयोजीत कार्यक्रममा रक्तदान सम्पन्न

११ काठमाडौ, बैसाख । काठमाडौँ उपत्यकामा रगतको अभाव हुन नदिन तारामण्डल महिला सशक्तीकरण अभियानले आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ पिन्ट रगत सङ्कलन गरिएको छ ।

कोभिड–१९ का कारणले नियमित रक्तदान हुन नसकेकाले काठमाडौँमा रगतको अभाव देखिएपछि नेपाल ब्लड डोनर्स एसोसिएशनकोे सहकार्यमा पुरानो बानेश्वरमा रक्तदान गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङले अहिले कोभिड–१९ ले गर्दा रगत सङ्कलनमा समस्या भइरहेको अवस्थामा उक्त अभियानले सामाजिक कार्य गरेकामा सराहना गर्दै मानिसको जीवनलाई पुनःजीवन दिन रक्तदानको महत्व रहेको बताए ।

अभियानका संयोजक कुन्तीदेवी पोखरेलले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न गरिएको लकडाउनको अवधि एक महिना पूरा भएको बताउँदै केही समय यो प्रक्रिया लम्बिएर गएमा देशमा रगतको अभाव हुनसक्ने हुँदा रक्तदान गर्नुपर्नेमा जोड दिए । यसअघि अभियानले काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्र बाहिरबाट यहाँ पढन आएर अलपत्र परेका विद्यार्थीलाई विभिन्न खाद्य सामग्रीसहित राहत प्रदान गरेको थियो ।