राजनीति

साँसद अपहरण गरी होटलमा थुन्नेलाई छानविन गरी कारबाही गर्न नेता रावलको माग

११ बैसाख, काठमाडौं । नेकपा सुदूरपश्चिम संयोजक भीम रावलले सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाएको बताएका छन् । पुर्ब गृहमन्त्री समेत रहेका नेकपा नेता राजलले राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको दाबी गरेका छन् ।

नेता रावलले उक्त अपहरण शैलीको कार्यगर्ने जोसुकै भएपनि छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् । समाजबादी पार्टीका प्रेश संयोजक बिश्वदीप पाण्डेले आफ्ना पार्टीका साँसद डा सुरेन्द्र यादब प्रधानमन्त्ती केपी शर्मा ओल्ीको ठाडो निर्देशनमा अपहरणमा परेको आरोप लगाएका थिए । आज उक्त घटनामा पुर्ब आईजीपी सर्वेन्द्र खनाल, साासद महेश बस्नेत लगायतको नाम जोडिएर समाचार आईरहेको छ । उक्त घटनाका बिषयमा डा रावलले आफ्नो प्रतिकृया दिएका छन् । 

नेता रावलको आफ्नै शब्दमाः
सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ । यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।