राजनीति

धनराजको ओली प्रति आक्रोशः साँसद अपहरण गरि लोकतन्त्र दिवश मनाईयो ?

११ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राम्रा मान्छेहरुको ध्यान कोरोना महामारी नियन्त्रणतिर गएपनि सरकारको ध्यान अरु पार्टी फुटाल्नतिर गएको भन्दै प्रश्न गरेका छन् । उनले भ्रष्टाचारको बिरोध गर्नेहरुलाई साईबर क्राइमको मुद्वा लगाएपछि लोकतन्त्र बलियो हुन्छ ? भन्दै प्रधानमन्त्री केपी शर्मँ ओलीसंग आक्रोश पोखेका छन् ।

नेता गुरुङले समाजबादी पार्टीका सांसदलाई अपहरण गरेर लोकतान्त्रिक गणतन्त्रको छातीमाथी बयलगाडा कुदाएर लोकतन्त्र दिवश मनाइयो भन्दै अपहरणको आरोप लगाईएका प्रधानमन्त्री ओलीतर्फ संकेतीक ब्यंग्य गरेका छन् । हिजो पूर्ब आईजीपी सर्वेन्द्र खनालको साथमा गएर साँसद महेश बस्नेतसहितले समाजबादीका साँसद डा सुरेन्द्र यादब अपहरणमा परेको आरोप समाजबादी पार्टीले लगाएके थियो । पहिले प्रधानमन्त्रीको निर्देशनमा भनिएपनि पछि सर्बेन्द्र खनाल लगायतका उच्च पदस्थ ब्यक्तीहरु यस घटनामा जोडिन थालेका छन् ।

उनकै शब्दमा

१) हाम्रो ध्यान कोरोना महामारी नियन्त्रणतिर तर सरकारको ध्यान अरु पार्टी फुटाल्नतिर ? अनि भ्रष्टाचारको बिरोध गर्नेहरुलाई साईबर क्राइमको मुद्वा ? यसरि नै लोकतन्त्र बलियो हुन्छ @PM_Nepal

 

२) एकजना माननीय सांसदलाई अपहरण गरेर लोकतान्त्रिक गणतन्त्रको छातीमाथी बयलगाडा कुदाएर लोकतन्त्र दिवश मनाइयो।