राजनीति

गगन भन्छन्ः लोकतन्त्रमाथि षडयन्त्र गरिरहेकाले राम्ररी बुझुन्,‘जो सन्किन्छ उ मेटिन्छ!’

११ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले सत्तामा बसेकाको सनकले कागजमा मेट्न सकिने शब्दमात्र लोकतन्त्र नभएको टिप्पणी गरेका छन् । उनले लोकतन्त्र नेपाली जीवनपद्धतिको अभिन्न अङ्ग र समुन्नतिको अनिवार्य सर्त हो भनेका छन् ।

दोस्रो जनआन्दोलनमा मभहत्वपूर्ण भूमिका खेलेका युवा नेता थापाले जसले मेटाउने प्रयास गरे समयले तिनैलाई मेटाइदियो। लोकतन्त्रमाथि षडयन्त्र गरिरहेकाले राम्ररी बुझुन्, ‘जो सन्किन्छ उ मेटिन्छ !’ भनेका छन् । लोकन्त्र मास्न खोज्ने राजालाई मेटेको नेता थापाको संकेत छ । उनले लोकतन्त्र दिबशको शुभकामना दिँने क्रममा त्यो भनेका हुन् ।

नेता थापाकै शब्दमाः लोकतन्त्र शब्द मात्र होइनः सत्तामा बसेकाको सनकले कागजमा मेट्न सकिने। यो नेपाली जीवनपद्धतिको अभिन्न अङ्ग र समुन्नतिको अनिवार्य सर्त हो। जसले मेटाउने प्रयास गरे समयले तिनैलाई मेटाइदियो। लोकतन्त्रमाथि षडयन्त्र गरिरहेकाले राम्ररी बुझुन्, ‘जो सन्किन्छ उ मेटिन्छ !’
लोकतन्त्र दिवसको शुभकामना !