समाचार

पूर्बसचिव उपाध्यायलाई तत्काल रिहाई गरि संबिधानको रक्षा गर्न काँग्रेसको चेतावनी

११ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका तर्फबाट छायाँ सरकारको संचार तथा प्रविधि मन्त्री रहेका बहादुर सिंह लामाले साईबर क्राईमको मुद्धामा पक्राउ परेका पूर्ब सचिव भीम उपाध्यायलाई तत्काल बिना शर्त रहिाई गर्न माग लगरेका छन् ।

उनले एक विज्ञप्ती निकाल्दै नेपालको संबिधानले दिएको अभिब्यक्ती स्वतन्त्रताका बिरुद्ध सरकार लागेको भन्दै विचार र अभिब्यक्ती स्वतन्त्रता रोक्न सरकारलाई चेतावनी दिएका छन् ।