समाचार

ब्यापक दबाबपछि अलोकतान्त्रीक बिधेयक फिर्ता लिन प्रधानमन्त्री देखिए तयार

११ बैसाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ल्याएको बिधेयक फीर्ता गर्ने सहमती जनाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहालसँगको आज भएको छलफलमा राजनीतिक दल सम्बन्धी बिधेयकमा ४० प्रतिशत पुगे पार्टी फुटाउन सक्ने प्राबधान, अनि संबैधानिक समितिमा प्रतिपक्षी दल बिनै बैठक बस्न सक्ने बिधेयक खारेज गर्न सकहमत भएको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतले आन्तरिक रुपमा दबबाब दिएपछि प्रधानमन्त्री ओली बिधेयक फिर्ता लिन बाध्य भएको देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नागरिक समाज लगायतले बाहिरबाट ब्यापक दबाब दिए पनि आन्तरिक दबाब झेलनै नसकेको कारण प्रधानमन्त्रीले उक्त बिधेय फिर्तँ लिन नसकेको पछिल्ला राजनीतिक घटनाक्रमले देखाउछ ।

राष्ट्रपतिले ल्याएका अध्यादेशहरु प्रधानमन्त्रीको सिफारिसमा फीर्ता गर्न मिल्ने संबैधानिक ब्यवस्था समेत छ ।