राजनीति

राप्रपाका तीन अध्यक्षबीच भेट, माहामारी/पछिल्ला राजनीतिक गतिबिधिबारे छलफल

११ बैसाख, काठमाडौं । राष्ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेरराण र डा प्रकाशचन्द्र लोहनीबीच भेट भएको छ । लकडाउनको आचार संहिता पालना गर्दै बसेको बैठकमा कोरोना भाईरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि वारे बिचार विमर्श भएको अध्यक्ष थापाले बताएका छन् ।

बुधबार नेपाली काँग्रेससहितका बिपक्षी दलसँग भएको कुराकानी, कोारनो भाईरस संक्रमणको लागि पार्टीले खेल्नुपर्ने भूमिका र अध्यादेशपछिका राजनीतिक गतिबिधिलाई राप्रपाले कसरी नेतृत्व गर्ने भन्ने बिषयमा गम्भीर छलफल भएको हुनसक्ने उक्त पार्टीको उच्च नेतृत्वले बताएको छ ।

लकडाउनको आचार संहिता पालना गर्दै आज राप्रपाका ३ अध्यक्षहरुको बैठक बसेको छ। कोरोना भाईरसको महामारी, वर्तमान राजनीतिक अवस्था र पार्टीको गतिविधि वारे बिचार विमर्श भयो