पु.समाचार

भ्रष्टाचारको बिरोधमा बोल्ने पुर्व-सचिव उपाध्यायलाई तत्काल छाड्न तरुण दलको माग

११ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था तरुण दलले सरकारले अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरेको बताएको छ ।

दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै १४ औं लोकतन्त्र दिवको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र स्थापनाको यो पवित्र दिवस मनाई रहंदा सरकार भने लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोल्दै लोकतन्त्रका सुन्दर गहना अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरिरहेको बताएका छन् ।

सरकारका कुकृत्यको बिरोध गरेर सामाजिक संजालमा आफ्ना अभिव्यक्ति राखेका कारण हिजो मात्र नेपाल सरकार पुर्व सचिव इन्जिनियर भिम उपाध्यायलाई पक्राउ गरिएको भन्ने समाचार आएको भन्दै उनले बिपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटल भित्र बन्धक बनाईएको भन्ने खबर आउनु आपत्ति जनक भएको बताएका छन् ।

अध्यक्ष वस्नेतले सरकारका यस्ता निच कार्यको घोर भर्सना गर्दै झुटा आरोप लागाई पक्राउ गरिएका भिम उपाध्यायलाई तत्काउ बिना सर्त रिहा गर्नका लागी माग पनि गरेका छन् । साथै आगामी दिनमा यस्ता लोकतन्त्र बिरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराएका छन् ।

साथै उनले लोकतन्त्र दिवसको अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण लोकतन्त्र प्रेमी दाजुभाई दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने ज्ञात अज्ञात शहिद प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।