समाचार

दर्ता भयो निर्वाचन आयोगमा जनता समाजवादी पार्टी

११ बैशाख काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरेको छ । (बुधबार) गएराति मध्यरातमा राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एक्कासी एकता भएको थियो ।

दुबै दल मिलेर बनेको नयाँ दललाई जनता समाजवादी पार्टी नेपाल नाम दिएका छन् । एकता सहभागीमा दुवै दलका अध्यक्षसहित नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी गराएका हुन् ।

आज बिहान ११ बजेर १६ मिनेटमा दर्ता भएको पार्टीको नम्बर १३७७ रहेको छ । दुबै पार्टीका शीर्ष नेताहरु एकतापछि बनेको दलको जानकारी दिन निर्वाचन आयोग गएका थिए ।

पार्टी एकिकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।