सामाजिक सञ्जाल

प्रदिपको प्रश्नः अब सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो ?

११ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत नेता भट्टराईले मुलुक कोरोना माहामारीको संकटमा रहेको बेला एउटा राजनीतिक पार्टीले प्रधानमन्त्रीलाई आफ्ना सांसद अपहरणको आरोप लगाएको भन्दै सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो भन्दै ? कडा प्रश्न गरेका छन् ।

डब्लु एच ओले कोरोनाका कारण मानव समुदायको आगामी यात्रा अझ चुनौतीपूर्ण हुने चेतावनी दिएको र नेपालमा कोरोना संक्रमण समुदायमा फैलिने क्रममा रहेको अवस्थामा यस्तो आरोप प्रत्यारोप लाग्नु र्दुभाग्य भएको बताए ।

 

उनको ट्वीटः WHO ले कोभिड(ज्ञढ का कारण मानव समुदायको आगामी यात्रा अझ चुनौतीपूर्ण हुने चेतावनी दिएको छ । नेपालमा कोरोना संक्रमण समुदायमा फैलिने क्रममा छ । यस्तो बेला एउटा राजनीतिक पार्टीले प्रधानमन्त्रीलाई आफ्ना सांसद अपहरण गरेको आरोप लगाएको छ।सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो ?