राजनीति

लोकतन्त्र बचाउन संघर्षका लागि तयार रहन उपसभापति निधीको आग्रह

११ बैशाख काठमाडौं । नेपाली कांग्रेसका उपसभापती विमलेन्द्र निधीले लोकतन्त्र दिवशको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत सुभकामना व्यक्त गर्दै सरकारबाट लोकतन्त्र विरोधी, संविधान विरोधी, सिस्टम विरोधी काम एक पछि अर्क‍ो जारी भएको भन्दै टिप्पणी गरेका छन् ।

उपसभापती निधिले संवैधानिक परिषद र दल विभाजन सम्वन्धि अध्यादेश थप अधिनायकवादको रूपमा आएएको भन्दै यसको बिरोध गर्न सबैलाई आग्रह गरेका छन् ।

उनले सरकारका अधिनायकवादका विरुद्ध फेरि संघर्षको बाध्यता आउन लागेको भन्दै तयार रहन सबैमा अपिल गरेक छन् ।साथै नेता निधीले लोकतन्त्र बचाउन संघर्षका लागि तयार रहन सबैलाई स्मरण गराएका छन् । 

 

उनको ट्वीटः आज लोकतंत्र दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना ! तर दुर्भाग्य ! सरकारबाट लोकतन्त्र विरोधी, संविधान विरोधी, सिस्टम विरोधी काम एक पछि अर्क‍ो जारी छ । संवैधानिक परिषद र दल विभाजन सम्वन्धि अध्यादेश थप अधिनायकवादको रूपमा आएको छ।यसको भर्त्सना गरौं । फेरि संघर्षको बाध्यता आउँदैछ । तयार रहौं ।